काठमाडौँ, ७ असोज । डेङ्गीको सङ्क्रमण्को जोखिम असोजमहिनासम्म हुने बताइएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकोले जोखिम हुने गरेको बताए । “साधारणतया डेङ्गी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ” उनले भने “त्यसपछि भने जाडो याम शुरु हुनु भएकोले डेङ्गी सार्ने लामखुट्टे क्रमशः हराउदै जान्छन ।”
उनका अनुसार अहिलेसम्म ११ हजार ५४५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । डेङ्गी रोगको सङ्क्रमण हुम्ला वाहेक ७६ जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।
यस्तै डेङ्गी रोगको सङ्क्रमणको कारणले अहिलेसम्म ६ जनाको निधन भइसकेको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।
उपत्यकामा दुई हजार नजिक डेङ्गीका विरामी
काठमाडौँ उपत्यकामा दुई हजार डेङ्गीका विरामी पुग्न थालेका छन ।
शाखाका प्रमुख डा. दाहालले काठमाडौ जिल्लामा एक हजार २८३ जना, भक्तपुर १५३ र ललितपुर २८६ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
बर्षाको वेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकोले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ ।

