काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा वायु प्रदुषण अत्यधिक बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले आज आईतबार विज्ञप्ती जारी गर्दै काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सुचीमा अग्रस्थानमा रहेको भन्दै प्रदूषित क्षेत्रहरूबाट टाढा रहन अनुरोध गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘वायु प्रदूषणले मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँट आदिमा असर पुर्याउनुका साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउँछ । वायु प्रदूषणले गर्दा कम तौल भएको बच्चा जन्मने र अवधी नपुग्दै बच्चा जन्मने जोखिम समेत हुन्छ । नेपालमा वायु प्रदुषणबाट वर्षेनी हुने मृत्युहरुमा बढीजसो पाँचवर्ष मुनिका बालबालिका, गर्भवती, दिर्घ रोगी र बृद्धबृद्धाहरूमा जोखिम उच्च हुन्छ । यसले नेपालीको औसत आयु ४.१ (४ दशमलव १) बर्षले घटाएको तथ्यांकले बताएको छ । नेपालमा रूग्णता तथा मृत्युको प्रमुख कारणमा वायु प्रदुषण प्रमुख रहेको विविध तथ्य र अनुसन्धानले देखाएको छ । वायु प्रदुषणबाट जोगिनका लागि बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहनु हुन अनुरोध गर्दछौ ।’

यो समयमा तराईमा तातो हावा बहने र लू लाग्ने उच्च सम्भावना भएको हुदाँ तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिड्डुल नगर्न तथा झोलिलो पदार्थहरू पर्याप्त मात्रामा सेवन गर्न गराउनु हुन अनुरोध गरेको छ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेको छ ।

विश्वभरिको वायुप्रदुषणको अवस्था मापन गर्ने वल्र्ड ययर क्वालीटी इन्डेक्स–एक्यूवआई ¥याङ्कीङ अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सुचीमा अग्रस्थानमा छ ।

 प्रकाशित :-  २०८१ बैशाख १६, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय