दमौली । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँ निवासी २५ वर्षीय क्यान्सर पीडित लक्षु रानामगरलाई पाँच लाख सङ्कलन गरी हस्तान्तरण गरिएको छ । उहाँको उपचारका लागि देशविदेशबाट उक्त रकम सङ्कलन गरिएको हो ।

पीडितको बारेमा जानकारीसहित सामाजिक सञ्जालमा सहयोगको अपिल गरिएकामा देशविदेशबाट रु पाँच लाख तीन हजार नौ सय सङ्कलन भएको वडा सदस्य कुमार मगरले जानकारी दिए । उक्त रकम वडा सदस्य मगरले पीडितका बुबा डिलबहादुर रानालाई शनिबार हस्तान्तरण गरे । उनले भने, “पीडितको उपचारमा सघाउने मनकारी भेटिएका छन् । सहयता रकम सङ्कलनकोे क्रम जारी छ ।”

रोगपीडित रानामगरको हाल भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । पीडितलाई सहयोग गर्न चाहनेले निर्मला सारु मगरको नाममा खोलिएको एनएमबी बैङ्को खाता नम्बर १९७०१७५४४८९०००१० मा सहयोग रकम दाखिला गर्न वडा सदस्य मगरले अनुरोध गरेका छन् ।

 प्रकाशित :-  २०८१ बैशाख ९, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय