काठमाण्डौ । नेकपा (एमाले)काअध्यक्ष केपी शर्मा ओलीले बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन गरेका छन् । आज बुढानिलकण्ठ नगरपालिका वडा नं. १० कपनमा रहेको अस्पतालको सुभारम्भ गदैै सेवा पनि लिए । उनले एक हजार रुपियाँ तिरेर सेवा लिएका हुन् ।
ओलीको स्वास्थ्य जाँच डा. भगवान कोइरालाले गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको सो नगर अस्पताल उद्घाटन संगै स्वास्थ्य विमा कार्यक्रम पनि शुरु गरिएको छ।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सो अस्पतालमा हाल ओपिडी सेवा प्रदान गरिने र सो नगर अस्पतालमा हाल १५ शैय सहित विभिन्न स्वास्थ्य सेवाहरु प्रदान गरिने छ ।

