काठमाडौँ । सरकारले नेपाल स्वास्थ्य सेवाअन्तर्गत विभिन्न समूह–उपसमूहका ११ जना अधिकृतलाई सम्बन्धित समूह–उपसमूहको एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद् बैठकले स्वास्थ्य समूहका नौं जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गरेको हो ।
बढुवा हुनेहरुमा चिकित्सक तर्फ ग्यास्ट्रो इन्टेरोलोजिष्ट डा. जैनेन्द्रकुमार चौधरी, न्युरो सर्जन डा. निलमकुमार खड्का, अर्थोपेडिक्स सर्जन डा.ओमप्रकाश अर्याल, इएनटी सर्जन डा. दिपेन्द्र गौतम र रेडियोलोजिष्ट डा. विश्वनाथ शर्मा रहेका छन् ।

यस्तै, डा शैलेन्द्र विश्वकर्मा पोखरेल, एनेस्थेसियोलोजिष्ट डा. सुवास रेग्मी, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. रामनरेश पण्डित र डा.विनोद सिंह बढुवा भएका छन् ।

यस्तै नर्सिङ तर्फ सरिता कार्की र मञ्जु यादव पनि एघारौँ तहमा बढुवा भएका छन् ।

 

 प्रकाशित :-  २०८० चैत्र १६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय