काठमाडौँ, । सरकारले संचालन गरेको दादुरा–रुवेलाको विरुद्धको खोप अभियानमा करिव ५४ लाख ४२ हजार ४६९जना बालबालिका खोप लगाइसकेका छन् ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले खोप अभियानमा करिव ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए ।
यहि फागुन १३ गतेदेखि दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्ला वाहेक सवै ७५ जिल्लामा खोप अभियान संचालन गरेको छ । ति जिल्लाका कुल ५७ लाख ४२ हजार ९९३ बालबालिका खोप लगाउने लक्ष्य राखिएको छ ।
उहाँले पर्सि यहि चैत ७ गतेसम्म सवै लक्ष्य हासिल गर्ने समेत बताए । “हामीले सोचेजस्तो नै सवै बालबालिकाले खोप लगाएका छन्” उनले भने, “ हामीले निर्धारण गरेको लक्ष्य अनुसार सवै बालबालिकाले खोप लगाउँछन् ।”
खोप भारतसंग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप लगाइदै छ ।
खोप विहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइएको छ ।
खोप अभियानका लागि देशभरि ४८ हजार ७९८ खोप केन्द्र रहेका छन । यस्तै ४९ हजार ९३७ जना स्वास्थ्यकर्मी र ५९ हजार ९०६ जना स्वयसेवक परिचालन गरिएको छ ।

