काठमाडौँ, । नेपाल औषधि लिमिटेडले आजदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरु गरेको छ ।
लिमिटेडका महाप्रवन्धक कैलाशकुमार पनेरुले आजदेखि तीन प्रकारका औषधि उत्पादन शुरु गरेको बताए ।
उनका अनुसार सेन्ट्रीमाइन, एमजीट र एमजिट–डिएफ नामका औषधि उत्पादन शुरु गरेको छ । तिनै वटा औषधि ट्यावेलटमा रहेका छन् ।
एउटा औषधि दैनिक डेढ लाख ट्यावलेट उत्पादन गर्ने उहाँको भनाई रहेको छ ।
यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजर लगायतका औषधि उत्पादन भइरहेको छ ।
“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप अरु औषधि पनि उत्पादन गर्ने तयार रहेका छौ” उनले भने, “अहिले हामीले तीन प्रकारका औषधिबाट उत्पादन शुरु गरेको हौ ।”
महाप्रवन्धक पनेरुले सरकारले २० थरिका औषधि उत्पादनका लागि २४ करोड बजेट दिने भनेता पनि नदिएपछि अरु औषधि उत्पादनमा समस्या परेको बताए ।
२०२९ सालमा स्थापना भएको लिमिटेडले १२० प्रकारका औषधि उत्पादन गर्दथ्यो । तर २०६२ सालमा उत्पादनबन्द भएपद्धि २०७४ सालमा पुन: सिटामोलबाट उत्पादन गरेर लिमिटेडले उत्पादन शुरु गरेको हो । अहिले नयाँ तीन सहित ११ प्रकारका औषधि उत्पादन हुने गरेको छ ।

