काठमाडौं । केट्रयाक नेपालले आयोजना गरेको बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीतामा सहभागी करिब पाँच सय विद्यालयका पाँच हजार प्रतियोगी मध्ये ज्योति एकेडेमीका विद्यार्थी प्रधुम्न गौतम नगद पुरस्कार १५ हजार रुपैंया सहित दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई आज शनिवार नयाँ वानेश्वरमा एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।

कक्षा २ देखि ४ तर्फ काठमाडौंस्थित नोबल एकेडेमीका राजा चेम्जोगं प्रथम, काठमाडौंस्थित रोजबर स्कुलका लुनीभा मानन्धर द्धितिय र हेटौडास्थित ज्ञानदोय बालबाटिका आवासिय माविका स्पन्धन रायमाझी तृतीय भएका थिए ।

यस्तै, कक्षा ५ देखि ७ तर्फ काठमाडौंस्थित कान्जीरोवा नेश्नल स्कुलका सिन्जा पौडेल प्रथम, काठमाडौंस्थित घलराज मेमोरीयल स्कुलकी प्रकृती लकन्द्री द्धितिय र ललीतपुरस्थित निहारीका पव्लीक स्कुलका आकृती चौधरी तृतीय भएका थिए ।

यसैगरी, कक्षा ८ देखि १० तर्फ चितवन भरतपुरस्थित अरोमा अंग्रेजी मावीका देवेन्द्र साह प्रथम, काठमाडौं सितापाईलास्थित ज्योति एकेडेमीका प्रधुम्न गौतम द्धितिय र काठमाडौंस्थित व्हाईट किट इन्टरनेशनल स्कुलका सामुल रायमाझी तृतीय भएका थिए ।

कसमस एजुकेशनका निर्देशक रमेश पराजुलीको अध्यक्षता तथा मन्त्रीपरिषद्का अध्यक्ष खिलाराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयका झण्डै पाँच सय प्रतिनिधी विद्यालयहरु समावेश भएका थिए ।

कार्यक्रममा उत्कृष्ट एक सय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य कला पनि प्रस्तुत गरेका थिए ।

 प्रकाशित :-  २०८० फागुन १९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय