काठमाडौं । केट्रयाक नेपालले आयोजना गरेको बागमती प्रदेश विद्यालय स्तरीय हस्तलेखन प्रतियोगीता भएको छ ।

प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरुलाई आज शनिवार नयाँ वानेश्वरमा एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।

कक्षा २ देखि ४ तर्फ काठमाडौंस्थित नोबल एकेडेमीका राजा चेम्जोगं प्रथम, काठमाडौंस्थित रोजबर स्कुलका लुनीभा मानन्धर द्धितिय र हेटौडास्थित ज्ञानदोय बालबाटिका आवासिय माविका स्पन्धन रायमाझी तृतीय भएका थिए ।

यस्तै, कक्षा ५ देखि ७ तर्फ काठमाडौंस्थित कान्जीरोवा नेश्नल स्कुलका सिन्जा पौडेल प्रथम, काठमाडौंस्थित घलराज मेमोरीयल स्कुलकी प्रकृती लकन्द्री द्धितिय र ललीतपुरस्थित निहारीका पव्लीक स्कुलका  आकृती चौधरी तृतीय भएका थिए ।

यसैगरी, कक्षा ८ देखि १० तर्फ चितवन भरतपुरस्थित अरोमा अंग्रेजी मावीका देवेन्द्र साह  प्रथम, काठमाडौं सितापाईलास्थित ज्योति एकेडेमीका प्रधुम्न गौतम द्धितिय र काठमाडौंस्थित व्हाईट किट इन्टरनेशनल स्कुलका सामुल रायमाझी तृतीय भएका थिए ।

कसमस एजुकेशनका निर्देशक रमेश पराजुलीको अध्यक्षता तथा मन्त्रीपरिषद्का अध्यक्ष  खिलाराज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विजेता विद्यार्थी तथा विद्यालयका झण्डै पाँच सय प्रतिनिधी विद्यालयहरु समावेश भएका थिए ।

कार्यक्रममा उत्कृष्ट एक सय विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य कला पनि प्रस्तुत गरेका थिए ।

 प्रकाशित :-  २०८० फागुन १९, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय