काठमाडौं । वागमती प्रदेश लोकसेवा आयोगले निकालेको बिज्ञापनमा डेन्टलको बिज्ञापन मात्रै रद्द गरेको भन्दै डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले बागमती प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार एशोसियसनले
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाएको एशोसियसनका अध्यक्ष माइकल देवकोटाले जानकारी दिए ।
बागमती प्रदेश अन्तर्गत स्वास्थ्य मन्त्रालयले कानुन विपरीत डेन्टल समूहको मात्र विज्ञापन रद्द गर्न गरेको पत्राचारप्रति एसोसिएसनले ध्यानाकर्षण भएको जनाउँदै आएको छ । बिना कारण स्वार्थि समुहको प्रभाबमा परि ऐन कानुनको बेवास्था गर्दै डेन्टल समुहको मात्र बिज्ञापन रद्द गर्न गरेको पत्रचारप्रति एशोसियसनको आपत्ति छ ।

एसोसियसनले जारि गरेको बिज्ञप्तीमा भनिएको छ, ‘नेपालका सुगम र दुर्गम स्थानहरुमा हाल पनि धेरै मानिसहरु दाँत र मुख सम्बन्धि रोगहरुको उपचार नपाएर बस्नुपरेको र राज्यले यस एसोसिएसनको निरन्तर प्रयासले केहि संघ र प्रदेश तथा स्थानिय तहहरुको ५÷१०÷१५ बेडका अस्पतालहरुमा सिडिएस डेन्टल हाईजेनिस्टहरुको दरबन्दि माग गरिरहेको अबस्थामा हाल आएर प्रदेश लोकसेबा आयोग बागमति प्रदेशले मिति २०८० माघ ८ गतेको सुचना नं १८४÷०८०÷०८१ बमोजिम प्रदेश निजामति सेबा तर्फको स्वास्थ्य सेबा डेन्ट्रिस्ट्री समुह पाँचौ तह, डेन्टल हाईजिनिस्ट पदको बि.नं १८३–१८५÷०८०÷०८१ (खुल्ला, महिला ) को कुल ९ जना मागिएकोमा स्वास्थ्य मन्त्रालय बाग्मति प्रदेशले २०८० माघ ९ मा बिना कारण स्वार्थि समुहको प्रभाबमा परि ऐन कानुनको बेवास्था गरि डेन्टल समुहको मात्र बिज्ञापन रद्द गर्न गरेको पत्रचार प्रति नेपाल डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनको गम्भिर ध्यानआकर्षण भएको छ । ’

 प्रकाशित :-  २०८० माघ २२, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय