काठमाडौं । नेपालमा हरेक वर्ष दुई हजार पाँच सयदेखि तीन हजार जना नयाँ कुष्ठरोगका विरामीहरु थपिने गरेका छन् । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ७१ औ विश्व कुष्ठरोग दिवसको अवसरमा आइतवार भएको कार्यक्रममा सो कुरा जानकारी गराएको हो ।

महाशाखाका निर्देशक डा.रुद्र मरासिनिले हरेक वर्ष नेपालमा दुई हजार पाँच सयदेखि तीन हजारको हाराहारिमा कुष्ठरोगका नयाँ विरामी पत्ता लाग्ने गरेको बताए । उनले निवारणको घोषणा पश्चात् हालसम्मपनि राष्ट्रियस्तरमा निवारणको अवस्था कायम रहेको जानकारी दिए ।

कुष्ठरोग आँखाले देख्न नसकिने माईक्रोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म जिवाणुवाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सामान्य रोग हो ।

तथ्याकं अनुसार आर्थिक वर्ष २०७९\८० मा कुष्ठरोगको प्रकोप दर ०.८५ प्रतिशत रहेको छ भने १४ जिल्लाहरुमा कुष्ठरोग प्रति १० हजार जनसंख्यामा १ भन्दा बढी मानिसहरुमा रहेको छ।

नेपालमा विसं २०६६ माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा निवारण भएको घोषणा गरिएको थियो । यो वर्ष दिवसको नारा ‘कुष्ठरोग सम्बन्धी गलत अबधारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौ’ भन्ने रहेको छ ।

 प्रकाशित :-  २०८० माघ १४, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय