काठमाडौं, २५ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ। अस्पतालमा कार्यरत विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूको भुक्तानी गर्ने क्रममा घुस मागेको उजुरीका आधारमा आयोगको टोलीले उनलाई कार्यकक्षबाटै नगद १ लाख २० हजार ८ सय ५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा लेखा अधिकृत दाहालले अस्पतालको आन्तरिक स्रोतबाट रकम भुक्तानी दिने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै विभिन्न फर्मका प्रतिनिधिहरूसँग योजनाबद्ध रूपमा मोलमोलाई गरेको पाइएको छ। उनले गैरकानुनी लाभ लिने बदनियत राखेर सेवाग्राहीबाट ९३ हजार ८ सय ५० रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ।

अख्तियारले दाहालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको ठहर गरेको छ। आयोगले उनलाई बिगो ९३ हजार ८ सय ५० रुपैयाँ कायम गरी सोही ऐन अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

 प्रकाशित :-  २०८२ चैत्र २५, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय