काठमाडौं, १ पुस । दाँत उपचार र दन्त चिकित्सा शिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल, बसुन्धरा, काठमाडौंले आजदेखि १८ औं वर्षमा प्रवेश गरेको छ ।
विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ साथै यो समस्याको उपचार विश्वमा चौथो महगो उपचारको रुपमा समेत रहेको छ ।
हाम्रो देशमा ४५ वर्ष भन्दा पनि कम उमेरमा नै पाइरियाको कारणले गर्दा दाँतझर्ने जस्ता समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पनि पिडित छन् ।
मुख तथा दन्त स्वास्थ्यको समस्या आज प्रत्येक नेपालीहरुमा विद्यमान छ ।
मुख तथा दन्त स्वास्थ्य राम्रो नभएमा मुटुको रोग, मधुमेह जस्ता रोग लाग्नुका साथै गर्भवती महिलाले मुख तथा दन्त स्वास्थ्यलाई ध्यान नदिए कम तौलको बच्चा जन्म दिने तथा समय भन्दा अगावै बच्चा जन्माउने समेतको समस्या देखा पर्ने अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए । त्यसैले गर्भवती महिलाले गर्भ जाँच गराउँदा नै अनिवार्य रुपमा मुख तथा दन्त स्वास्थ्यको पनि जाँच गराउनुपर्ने देखिन्छ ।
नेपालमा अझै पनि करिव ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन सकेका छैनन् । अधिकांश ग्रामिण भेगका जनताहरु उपचार नपाउनाले दाँत किराले खाने, गिजाको रोग दन्तहर्षा तथा पाइरिया), बाँङ्गो टिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्यूमर, सिस्ट तथा अन्य समस्याहरुबाट पिडित छन् । दन्त स्वास्थ्य उपचारमा पहुँच नरहेको र निम्न आयस्रोत भएका ग्रामिण भेगका जनताहरुलाई निकै खर्चिलो मानिने यस उपचारको अवधारणा अन्तर्गत ग्रामिण भेगमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक उनले बताए ।
त्यस्तै नेपालमा करिव दुई हजार जना डेन्टल हाइजेनिष्टहरु रहेका छन् । जसबाट करिव तीन करोड नेपालीहरुलाई सेवा पु¥याउन गाह्रो भएको अवस्था छ । यी विभिन्न कुराहरुलाई मध्यनजर गर्दै सरकारले दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गरी कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा दन्तचिकित्सक पु¥याउनुपर्ने तथा नेपालका सबै हेल्थ पोष्टसम्म डेन्टल हाइजेनिष्ट पु¥याउन सके मुख तथा दन्त स्वास्थ्य सम्बन्धि सचेतना अभिबृद्धि, रोगहरुको रोकथाम तथा रोग लागि हाले उपचार गर्न सकिने छ ।
स्थापनाकालदेखि यस शिक्षण अस्पतालले एक लाख पचास हजार भन्दा बढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पु¥याउनुको साथै ब्याचलर ईन डेन्टल सर्जरी तर्पm चार सयजना र ४४ जना मास्टर इन डेन्टल सर्जरी तर्पm बिषेशज्ञ उत्पादन गरि सकेको प्रमुख कार्यकारी निर्देशक डा. श्रेष्ठले जानकारी दिए ।
कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ गत शैक्षिक बर्ष देखि चार वर्षे बीएस्सी इन ल्यावोरोटरी मेडिसिन पनि सुरु गरेको छ ।
२०७० सालदेखि सय शैय्याको जनरल हस्पिटल समेत शुरु गरिएको
रिसर्च सेन्टरले हालै मात्र आँखा उपचारमा पनि शुरु गरेको छ । कलेजको प्रांगणमा यसैवर्षदेखि बीएम फाउण्डेशन र ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर तथा प्रसाधन सेवाको सेवा सुरु गरिएको छ ।
जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लािग यस कान्तिपुर डेन्टलले मुलुकका ६७ जिल्लामा पुगि मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जनचेतना तथा निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, दन्त स्वास्थ्य अभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ ।

