काठमाडौँ, ३ मङ्सिर। सरकार तीन मन्त्रीहरुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, वन तथा वातावरण मन्त्री ऐनवहादुर शाही ठकुरी र कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारी आज विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२४ को अवसरमा सयुक्त रुपमा शुभकामना सन्देश दिदै प्रतिजैविक औषधिको न्यूनिकरणका लागि सवैलाई आग्रह गरेका हुन् ।
उनीहरुले प्रतिजैविक प्रतिरोधका बिषयमा सवै तहमा सचेतना, जागरण तथा पैरबी गर्न आवश्यक रहेको समेत बताएका छन् ।
यस बर्ष प्रतिजैविक प्रतिरोध सम्बन्धि विश्वस्तरिय दुई ठूला उच्च स्तरिय बैठकहरु ७९ औ सयुक्त राष्टसङघ महासभा र ७७ औ विश्व स्वास्थ्य सभामा नेपाल सरकारले जनाएको प्रतिवद्धता तथा विश्वव्यापी रुपमा सहमत लक्ष्यहरुको जवाफदेहिता तथा कार्यन्वयन महत्वपूर्ण अवसर भएकौलै पनि यस बर्षकौ सचेतना सप्ताह विशेष रहेको उनीहरुको सन्देशमा भनिएको छ ।
सन्देशमा उनीहरुले नेपाल जस्तो संक्रामक रोगहरुको भार धेरै भएको विकासोन्मुख देशमा मानिस, पशुपंक्षी र बोटविरुवाका संक्रामक तथा सरुवा रोगको उपचारमा प्रतिजैविक औषधिको मुख्य भूमिा रहेको भन्दै विश्वव्यापी रुपमा बृद्धि भइरहेको प्रतिजैविक प्रतिरोधका कारण वहुमुल्य प्रतिजैविक औषधिको क्षमता घटन गई संक्रामक रौगको प्रभावकारी उपचारमा चुनौति थपिएको बताएका छन् ।
विश्वस्वास्थ्य सङ्गठनका अनुसार प्रतिजैविक प्रतिरोधका कारणले अहिले विश्वभरि करिव १२ लाख मानिसहरुको मुत्यु भइरहेको छ । सन २०५० सम्ममा बर्षमा करिव ५० लाख मानिसकौ मृत्यु हुने आकलन गरिएको छ । र सन् २०३० सम्ममा ३४ अर्ब अमेरिकी डलरसम्मको आर्थिक भार थपिने आकलन गरिएको छ । यसबाट सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्नै दिशामा वाधा पुग्ने सक्ने देखिन्छ ।
“यसरी बढिरहेको प्रतिजैविक प्रतिरोधको समस्या मानव स्वास्थ्य मात्र नभई अन्यौन्याश्रित अन्तरसम्बन्ध रहेका पशुपंक्षी तथा वातावरणीय स्वास्थ्यलाई समैत प्रत्यक्ष असर पारेको छ । त्यसैले यस समस्यासंग जुध्न एक स्वास्थ्य रणनीति २०७६ अनुसार अगाडि बढ्न आवश्यक छ, ” उनीहरुको सन्देशमा भनिएको छ, “एन्टिवायोटिक लगायतका औषधिहरुको जिम्मेवारपूर्ण प्रयौगलाई प्रवद्र्धन गर्दै संक्रमण रौकथाममा सुधार गर्न, प्रतिजैविक प्रतिरोधको निगरानीलाई निरन्तरता दिन तथा बैकल्पिक उपचार र रोकथामका उपायहरको अनुसन्धान गर्ने कार्यलाई कार्यन्वयन गर्नुपर्दछ । “
सन्देशमा सरकारले एक स्वास्थ्य रणनीति अनुरुप वहुपक्षिय संग्लाग्नातामा प्रतिजैविक प्रतिरोध न्यूनिकरणका लागि राष्टिय कार्ययौजना विधिवत रुपमा स्वीकृत गरि कार्यन्वयनमा समतै ल्याइसकेको उल्लेख गर्दै उच्चस्तरिय प्रतिवद्धताका साथ ल्याइएकौ यो कार्ययोजनाले एक स्वास्थ्य क्षेत्रका सरोकारवाला बीचको सहकार्यमा प्रतिजैविक प्रतिरोध न्यूनिकरणमा तथा दिगो विकास लक्ष्य हासिल गर्नमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
आजदेखि मङ्ंसिर ९ गतेसम्म ‘प्रतिजैविक प्रतिरोधः बुझौ, बुझाऔ, आजैबाट रोकथाममा जुटौ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरिन नेपालमा पनि मनाइदै छ ।

