काठमाडौँ, १ मंसिर , स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीमा डा. सरोज शर्मालाई प्रदान गरिएको छ । गत कात्तिक २४ गतेदेखि रिक्त रहेको कार्यकारी निर्देशकमा
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रिस्तरिय निर्णय गर्दै डा। शर्मालाई प्रदान गरेका हुन । उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख समेत हुन् ।

मन्त्रिपरिषदले कार्यकारी निर्देशक नियुक्त नगरेसम्म उनलाई आर्थिक र प्रशासनिक अधिकारसहित निमित्त निर्देशकको थप जिम्मेवारी दिइएको हो। बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाको कार्यकाल गत आइतबारदेखि सकिएको थियो।

 प्रकाशित :-  २०८१ मंसिर १, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय