काठमाडौँ, ३० कात्तिक । काठमाडौँको टुकुचाखोलाको ढलमा देखिएको पोलियो भाइरस सङ्क्रामक नभएको पुष्टि भएको छ ।
थाइल्याण्डको बैठकमा गरिएको नमूना परीक्षणमा टुकुचाखोलाको ढलमा पोलियो भाइरसमा सङ्क्रमण पुष्टि नभएको राष्टिञय जनस्वास्वास्थ्य प्रयोगशालाकी मेडिकल टेक्नोलोजी प्रमुख लिलि श्रेष्ठले जानकारी दिइन् ।
“टुकुचाखोलामा देखिएको पोलियोको भाइरस अरुलाई सार्यौ कि सारेन भनेर हामीले खोलाको ढल र अन्य ठाउँबाट नमुना सङ्कलन गरेर पटक पटक परीक्षण गर्दा पुनः पोलियो भाइरस भेटाएनौ ” उनले भनिन “ यदि उक्त भाइरस सङ्क्रमित भएको भए खोलाको ढलको नमूनामा फेरि देखिने थियो । पोलियो भाइरस नदेखिएपछि हामीले सङ्क्रमित होइन भनेर पुष्टि गरौ ।”
पोलियो भाइरस सङ्क्रमित नभएपछि अन्य व्यक्तिमा र ढलमा पोलियो पुनः नदेखिएको उनको भनाई रहेको छ ।
गत असारमा काठमाडौँ महानगरपालिका–१२,त्रिपुरेश्वरनजिकै बागमती र टुकुचाखोलाको सङगमबाट नमुना लिइएर परीक्षण गर्दा पोलयो भाइरसको सक्रमण देखिएको थियो ।
स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौमले टुकुचाखोलामा पोलियो भाइरस देखिएपछि निरन्तर नमूना सङ्कलन गरेर परीक्षण गरेर भाइरस खोजि गर्दा पुनः नपाएको बताए । उनका अनसार उक्त भाइरस देखिएपछि १३ पटक परीक्षण गर्दा पनि भाइरस नदेखिएको हो ।
खोप शाखाले सन् २०१७ देखि नेपालमा ढलको नमुना लिई पोलियो भाइरस परीक्षण हुँदै आएको छ । काठमाडौँ उपत्यकाका वागमती, धोविखोला, मनहरा खोला, विष्णुमति, गुहेश्वरी, शोभाभगवतीका खोलामा महिलनाको दुई पटक पौलियो भाइरसको परीक्षण हुदै आइरहेको खोप शाखा प्रमुख डा. गौतमले बताए ।
उपत्यकाबाहिर पोखरा, विराटनगर र जनकपुरको एक एक स्थानबाट नमुना लिएर महिनाको एक पटक पोलियो भाइरस परीक्षण हुने गरेको छ ।
नेपालमा सन् २०१० देखि पोलियो सङ्क्रमण देखिएको छैन । पोलियो भाइरसबाट हुने पोलियो सङ्क्रमणक रोग हो । मानिसलाई पोलियो भाइरस भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखिन्छन् ।

