काठमाडौँ, ९ कात्तिक । सरकारले नेपाल फार्मेसी परिषद्मा रिक्त रहेको सदस्य पदमा नियुक्ती गरेको छ ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले डा सभ्यता गौतम काठमाडौँ र विष्णुप्रसाद कंडेल बाग्लुङलाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रकाशित :- २०८१ कार्तिक ९, शुक्रबार

