काठमाडौँ, । दशैमा घर जानेको भीड देखिएको छ । दशै नजिकिदै गर्दा घर जाने दिनप्रतिदिन बढिरहेका छन् ।
आज दशैको तेस्रो दिन गोगंवुस्थित नयाँ बसपार्कबाट ३६६ वटा गाडीमा यात्रुहरु घर गएको गोगंबु नयाँ बसपार्क अस्थायी प्रहरी पोष्टका वरिष्ठ हवल्दार लक्ष्मण विकले बताए ।
उनका अनुसार कोशी प्रदेशबाट २३ वटा, मधेश प्रदेशबाट २० वटा, वागमती प्रदेश १६ वटा, गण्डकी प्रदेशका ९४ वटा, लुम्बिनी प्रदेशका १४२, कर्णाली प्रदेशका ३४ र सुदुरपश्चिम प्रदेशका ४७ वटा लामो दुरीका गाडी दशैका लागि छुटेका छन् । उनले कंलकी, कोटेश्वर, बल्खुबाट पनि गाडी जाने भएकोले संख्या बढ्ने बताए ।
एक हजार ४३५ जनाले अग्रिम बुकिङ
गोगंबु नयाँ बसपार्कमा घर जाने यात्रुलाई बस काउन्टरमा अग्रिम बुकिङ पनि गरिएको छ । उनले कोशी प्रदेशबाट ४०० वटा, गण्डकी प्रदेशका ३३५ वटा, लुम्बिनी प्रदेशका ७०० जना गरि एक हजार ४३५ जनाले घर जानका लागि अग्रीम बुकिङ गरेको बताए ।
नेपालीको महान चाडपर्व दशैमा घर जानको विहान ५ बजेदेखि भीड लाग्ने गरेको छ । यातायात व्यवसायीले दशैका लागि अग्रिम टिकट खुला गरेपनि सवै सकिसकेको छ । बाढी र पहिरोका कारणले बाटो अवरुद्ध भएकोले जुन दिन घर जाने सोही दिन मात्र यात्रुको टिकट काट्ने गरिएको छ ।

