काठमाडौं । अबदेखि सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई बाहिरका संस्थाहरुमा अनुमतिबिना काम गर्न नपाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अपिल जारि गर्दै अनुमति विना बाहिरका स्वास्थ्य संस्थामा काम नगर्न भनेको हो ।

मन्त्रालयले बिहिबार जारि गरेको अपिलमा भनिएको छ, “यस मन्त्रालय अन्तर्गत कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरु विदा स्वीकृत गराई वा नगराई स्वदेशमा सञ्चालित निजी स्वास्थ्य संस्थाहरु तथा विदेश स्थित सरकारी वा निजी स्वास्थ्य संस्थाहरुमा पूर्णकालिन रुपमा कार्यरत रहेको भनी गुनासो प्राप्त भएको हुँदा यस सम्बन्धमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । यसरी काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने हुँदा यस सम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरुलाई संयमीत तथा कानून सम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध गर्दछ । यसबाट पर्न जाने असर प्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने व्यहोरा समेत अनुरोध छ ।”

 प्रकाशित :-  २०८१ बैशाख ६, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय