काठमाडौँ, । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको १० औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आज सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न १० विधामा अवार्ड समेत प्रदान गरिने छ । माननिय उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले अवार्ड प्रदान गरे ।
सम्मेलनमा प्रस्तुत भएका मौखिक प्रस्तुतीकरणबाट किरण आचार्य र पोस्टर प्रस्तुतीकरणमा प्रतिक्षा पौडेलले उत्कृष्ट अवार्ड पाए ।
यसै गरी परिषद्को जर्नलमा एक वर्ष (सन् २०२३) भित्र प्रकाशित वैज्ञानिक लेखहरुमध्येबाट उत्कृष्ट वैज्ञानिक लेखलाई जर्नल अफ नेपाल हेल्थ रिसर्च काउन्सिल अवार्ड –२०२३ गंगा जिसी, उत्कृष्ट स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार –२०२३ डा.आलोक आत्रेय, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (चिकित्सक) डा.गम्भीर श्रेष्ठ, मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ (परिषद् कर्मचारी) प्रदीप बेलबासे पाए ।
यस्तै सम्मेलनमा युवा स्वास्थ्य अनुसन्धानकर्ता पुरस्कार–२०२४ सुनिल श्रेष्ठ, परिष्दको उत्कृष्ट शाखा अवार्ड इथिकल रिभ्यु इभ्यालुसन एण्ड मोनिटरिङ सेक्सन र यस्तै एनएचआरसी बेष्ट परफर्म अवार्ड पुस्तकालयका चन्द्रभुषण यादव र हेल्थ रिर्सचर लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा मृगेन्द्रराज पाण्डे सम्मानित भए ।

 प्रकाशित :-  २०८० चैत्र ३०, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय