काठमाडौं । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौँ शिखर सम्मेलन आज बुधबारदेखि काठमाडौँमा सुरु हुँदैछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुन लागेको सम्मेलनको अहिले विहान ९ बजे राष्ट्रपति रामचन्द्र पौडेलले बौद्धस्थित ह्यायात रेजेन्सी होटल पुगेर उद्घाटन गर्दैछन् ।
सम्मेलन आज, भोली र पर्सिसम्म  काठमाडौंमा हुँदैछ ।
यस वर्षको सम्मेलनको नारा “दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि स्वास्थ्य र जनसंख्या सम्बन्धी अनुसन्धान र नवप्रवर्तन” रहेको छ ।

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माताहरू विकासका साझेदारहरू बीच छलफल गरी नेपाल सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नविनतम अनुसन्धानद्धारा सम्बोधन गर्ने उद्देश्यले विस २०७१ ९सन् २०१५० देखि हरेकवर्ष परिषद्ले शिखर सम्मेलनको आयोजना गर्दै आइरहेको छ । सम्मेलनले अनुसन्धान मार्फत सहकार्यलाई प्रवद्र्धधन गर्ने तथा योजना र विकासमा टेवा पु¥याउने लक्ष्य राखेको छ ।
स्वास्थ्य सम्बन्धी नीति र अभ्यासलाई मुर्तरुप दिन अनुसन्धानलाई प्रभावकारी रूपमा नीति र योजनामा पु¥याउन यस्ता सभा सम्मेलनको आवश्यकता परिषद्ले महसुस गरेको छ । सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवद्र्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताहरू छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउने आयोजकले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत २८ गते विहान ९ बजे समुदघाटन हुने कार्यक्रम तय भएको छ । सम्मेलनमा देश तथा विदेशबाट गरि एक हजार जनाभन्दा बढी स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अनुसन्धानकर्ता तथा अध्येताहरुको सहभागिता रहनेछ । साथै सम्मेलनमा भारत, स्वीजरल्याण्ड, वेलायत, अस्ट्रेलिया, सयुक्त राज्य अमेरिका लगायत देशहरुबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको पनि सहभागि हुने छ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरहरुको प्रस्तुतीकरण हुने छ ।

सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेखहरु प्राप्त भएका थिए । तिमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतीका लागि छनौट गरिएको हो ।

 प्रकाशित :-  २०८० चैत्र २८, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय