काठमाडौँ, । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्ने बताएका छन् । आज विश्व मिर्गौला दिवसको अवसरमा सामाजिक सञ्जालमा उनले डायलासिस अल्पकालीन रोकथाम मात्र भएको बताए ।

उनले भनेका छन्,’मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डायलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ ।’

मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सानो लापर्बाहीले मिर्गौला बिग्रिन सक्ने बताए ।

अध्यक्ष ओलीले दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।

उनले लेखेका छन् ,’जब मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डायलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डायलासिस नि:शुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ ।’

 प्रकाशित :-  २०८० चैत्र १, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय