काठमाडौँ, । विनयतारा फाउण्डेसनले जनकपुरमा २०० शैय्याको क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ ।
फाउण्डेशनले हाल जनकपुरमा सचालन भइरहेको २५ शैय्याको विनयतारा फाउन्डेसन क्यान्सर सेन्टरलाई स्तरउन्नती गरि २०० शैय्याको बनाउन थालिएको फाउण्डेसनका अध्यक्ष डा. विनय साहले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनले अस्पताल निर्माणका लागि अनुमति लिने कार्य, भवन निर्माणको आवश्यक जग्गा र सुरुवाती लगानीको जोहो भइसकेको बताए ।
क्यान्सर सेन्टर विश्वस्तरिय, उच्चस्तरीय प्रविधिको साथै दक्ष चिकित्सकीय सेवा उपलब्ध गराउने तयारी रहेको उनले बताए ।

उनका अनुसार यसैबर्ष २०२४ देखि क्यान्सर अस्पतालको भवन निर्माण सुरु हुने र नेपालका साथै भारतको बिहारलाई समेत लक्षित गरेर क्यान्सर उपचार केन्द्र बनाउन थालिएको हो ।

विनयतारा फाउन्डेसन नेपाल ट्रस्टका अध्यक्ष डा वाइपी सिंहले हरेक वर्ष कम्तिमा २० हजार बिरामीलाई सेवा दिने लक्ष्यसहित अस्पताल थालिएको बताए ।

सन् २०१८ देखि संचालनमा रहेको २५ शैय्याको क्यान्सर सेन्टरमा अहिले अस्पताल किमोथेरापी, सर्जरी, सघन उपचार कक्ष (आइसियु) सहितको उपचार सेवा प्रदान गरिरहेको छ ।

 

 प्रकाशित :-  २०८० फागुन ३०, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय