काठमाडौँ ।  नेपाल फर्मा एक्स्पो सन् २००५ सालदेखि प्रत्येक दुई–दुई बर्षमा हुँदै आइरहेको छ ।

पहिलोदेखि छैटौसम्म फर्मा एक्स्पो काठमाडौँमा भएको थियो भने सातौ देखि नबौसम्मको एक्स्पो चितवनको भरतपुरमा हुँदै आएको छ । काठमाडौँको भृकुटीमण्डपमा हुने एक्स्पोमा सातौ संस्करणदेखि लगातार चितवनमा हुँदै आएको छ ।

एक्स्पोका संयोजक प्रभात रुगंटाले काठमाडौँमा गर्ने भनिएको एक्स्पो भृकुटीमण्डपको प्रर्दशनी स्थल खाली नभएकोले नगरिएको बताए । “अन्तराष्ट्रिय सेडुल अनुसार हाम्रो पालो अंग्रेजी महिनामा मार्चको पहिलो र दोस्रो हप्ता पर्ने गर्दछ” उनले भने, “तर त्यही वेला नै भृकुटीमण्डमा रहेको प्रर्दशनी हल अग्रीम नै बुकिङ हुने गर्दछ । हामीले एक्स्पो गर्दा प्रर्दशनी हल बुकिग भइसकेकोले यसपटक पनि चितवनको चितवन एक्स्पो सेन्टरमा एक्स्पो गर्न थालेका हौ ।”

काठमाडौँदेखि नजिकको ठूलो प्रर्दशनी कक्षमा तीन वटा ठूला हल र पार्किङको पनि राम्रो व्यवस्था भएकाले चितवन रोजेको उनको भनाई रहेको छ ।
अन्तर्राष्टिय रुपमा विभिन्न देशमा बर्षभरि नै चल्ने फर्मा एक्स्पो नेपालको पालो मार्च महिनाको पहिलो र दोस्रो साता आउने गर्दछ । वंगलादेशले एक्स्पो सकेपछि मात्र नेपालको पालो आउने अन्तर्राष्ट्रिय सेडुल रहेको छ ।

यसपटकको एक्स्पो चितवन भन्दा पनि अलि टाढा बुटबल लैजाने कुरा पनि भएको थियो । तर बुटवलमा प्रर्दशनी कक्षको तयारी पुरा नभएकोले चितवनमा गरिएको हो । “बुटवलका साथी हामीले गछौ भन्नु भएको थियो । तर त्यहाँको प्रर्दशनी हल अझै बनिनसकेकोले हामीले यसपटक पनि चितवनमा नै एक्स्पो गर्न थालेको हौ । एक्स्पोको अर्को संस्करण अव हामीले कि काठमाडौँ कि बुटवल गर्ने छौ ।”

उनले चितवनबाट एक्स्पो सकिने वित्तिकै भृकुटीमण्डलको प्रर्दशनी स्थल बुकिङ गर्ने बताए ।

“अवको १० औ नेपाल फर्मा एक्स्पो काठमाडौँमा नै गर्न सकिन्छ कि भन्ने हामीले लागेको छ । अहिलेको एक्स्पो सकिने वितिकै एक्स्पो कमिटीको हामी बैठक बस्छौ र विदेश पाहुनासंग छलफल गरेर अब दुई बर्षमा सन् २०२६ को हुने एक्स्पोको मार्च महिनाको पहिलो साताका लागि समय नै भृकुटीमण्डपको प्रर्दशनी हल अग्रिम बुकिङ गर्दछौ,” उनले भने ।

एक्स्पोमा यहि फागुन २५ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

 प्रकाशित :-  २०८० फागुन १०, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय