डा.प्रकाश बुढाथोकि केन्द्रिय कारागार अस्पताल प्रमुख मेडिकल सुपरीडेन्टन्ट, एचईओसी प्रमुख र स्वास्थ्य मन्त्रालयको प्रवक्ता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटै कर्मचारीलाई तिन वटा प्रमुख पदको जिम्मेवारी दिइएको छ । मन्त्रालयमा कोहि कर्मचारि फाजिल बसिरहेको बेला कोहि कर्मचारिलाई तिन वटा स्थानमा भूमिका दिइएको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै एउटै कर्मचारिलाई विभिन्न जिम्मेवारी दिएका हुन् ।
मन्त्री बस्नेतले केन्द्रिय कारागार अस्पतालको प्रमुख मेडिकल सुपरीडेन्टन्ट डा. प्रकाश बुढाथोकीलाई मन्त्रालयको प्रबक्ता र स्वास्थ्य आपतकालीन तथा विपत् व्यवस्थापन इकाई (एचईओसी) शाखाको प्रमुखको जिम्मेवारी दिएका हुन् ।
यसभन्दा अगाडी समन्वय महाशाखा प्रमुखलाई प्रवक्ताको जिम्मेवारी दिइदैं आइएको थियो । तर, यो पटक समन्वय महाशाखा प्रमुख डा.चुमनलाल दासलाई प्रवक्ताको जिम्मेवारी दिइएन । मन्त्री बस्नेतले गत असोज ५ गते डा.बुढाथोकिलाई प्रवक्ता बनाएका हुन् । मन्त्रालयका कृयाकलापलाई पत्रकारहरुमार्फत् आम जनमानसमा पु¥याउन प्रवक्ताको भूमिका महत्वपूर्ण मानिन्छ ।
यस्तै,एचईओसीको प्रमुखमा डा.समीर अधिकारी थिए । उनलाई प्रमुख पदबाट हटाएर डा.बुढाथोकिलाई जिम्मेवारि दिइएको हो ।
गत भदौ १८ गते डा.बुढाथोकिले केन्द्रिय कारागार अस्पताल निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
देशभर स्वास्थ्यतर्फ ११ औं तहमा झण्डै १३० जना कर्मचारि छन् । स्वास्थ्य मन्त्रालयमा कतिपय कर्मचारि फाजिल बस्नुपरेको छ भने कतिपय कर्मचारिलाई दोहोरो जिम्मेवारी दिइएको छ । एउटै कर्मचारिलाई धेरै वटा जिम्मेवारी दिदाँ काम प्रभावीत हुने र त्यसले डेलीभरीमा समेत असर पर्ने स्वास्थ्य विज्ञहरुको धारणा छ ।

