काठमाडौँ, । सरकारले दादुरा–रुवेलाविरुद्धको खोप ल्याएको छ ।
स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले दादुरा–रुवेला विरुद्धको खोप अभियान संचालनका लागि ६० लाख ५० हजार मात्रा ल्याइएको बताए ।
खोप गत मङ्गलबारबाट शनिवारसम्म नियमति आएको उनले बताए । उनले अव दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए ।
खोप अभियानमा करिव ५७ लाख बालबालिकालाई दादुरा–रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।
उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभी’को अनुदानमा उपलब्ध गराएको हो ।
सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ बर्ष मुनिका सवै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान संचालन गर्न थालिएको छ ।
सरकारले भारतसंग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुर गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका सवै बालबालिकालाई खोप लगाइने छ । यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच बर्षसम्मका बालबालिकालाई पनि खोप अभियान सहभागि हुने छ ।
सरकारले यसअघि नै भूकम्पको वेला भने जाजरकोट र पश्चिम रुकुममा खोप अभियान संचालन गरिसकेको छ ।
सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान संचालन गर्न थालेको हो ।
आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको र चाँडै नै जिल्लामा पठाइने बताए ।
दादृरा–रुवेला भएको वेला ज्वरो आउनु, शरिरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने, समयमा उपचार नगरेर आँखा नदेख्ने समस्या निमोनिया, कान पाक्ने,हुने गर्दछ ।
यस्तै सामान्यता दादुरा–रुवेला लागेका विरामीको आँखा पाकेर अन्धो हुने, कान पाकेर कानै नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या हुने गर्दछ । गतबर्ष १९ जिल्लामा दादुरा– रुवेला महामारीको रुपमा फैलिएको थियो ।

 

 

 प्रकाशित :-  २०८० माघ २२, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय