काठमाडौँ, । क्यान्सर दिवसका दिन क्यान्सर बिजेताले आफूले उपचारका क्रममा भोगेका समस्याका बारेमा खुलेर कुरा गरेका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा आज नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा क्यान्सर विजेताले भोगेका समस्याका बारेमा छलफल गरेका छन् ।
विश्व क्यान्सर दिवसको अवसरमा गरिएको अन्तरक्रिया कार्यक्रमा स्वास्थ्य मन्त्रालयका अतरिक्त सचिव डा. दिपेन्द्र रमण सिंहले क्यान्सरका बिरामीलाई सहुलियत र सहजीकरणका लागि बनाउने नीति नियममा सबैको सुझाव आवश्यक भएको बताए । उनले पाठेघरको मुखको क्यान्सर र स्तनक्यान्सरको पहिचानलाई अगाडि बढाउन काम गरिरहेको बताए ।
क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले एचपीभी खोप र जनचेतनाका कारण पाठेघरको मुखको क्यान्सरको समस्या कम हँुदै गएको बताए । उनले खानापान र जीवनशैलीलाई सन्तुलन राख्न सके क्यान्सरबाट बच्न सकिने बताए ।
सोसाइटीकस् कोषाध्यक्ष बिनु केसीले क्यान्सर सर्भाइभर्सहरुको पक्षमा नियमित रूपमा हातेमाले गर्दै आइरहेको सोसाइटीले क्यान्सर सम्बन्धी जनचेतना, मनोपरामर्श, स्कुल तथा कलेजका बिद्यार्थीहरुका लागि सचेतना कार्यक्रम, स्क्रिनिङ क्याम्प, ¥याली लगायतका विभिन्न गतिविधिहरू गर्दै आएको बताइन् ।
कार्यक्रममा सहभागिले सरकार, सरोकारवाला र बाँच्नेहरूबाट एकजुट भएर समस्यालाई सम्बोधन गर्न आवश्यक रहेको बताए । क्यान्सर रोगको उपचार गर्नका लागि क्यान्सर अस्पतालमा मेडिकल अन्कोलोजिस्ट, ओन्कोलोजिस्ट सर्जन, मनोचिकित्सक, नर्स, फार्मासिस्ट, स्पीच थेरापिस्ट, फिजियोथेरापिस्ट, रेडियोलोजिस्ट, डाइटिशियन र बाँचेकाहरू सम्मिलित बहुअनुशासनात्मक टोलीको आवश्यकता छ ।
क्यान्सर पिडितका लागि उपचारको साथ सकारात्मक दृष्टिकोण पनि आवश्यक पर्ने बताइएको छ ।
डा. शाहीलाई ५१ हजार सोसाइटीलाई प्रदान
सोही कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले पुरस्कार वापत पाएको रकम सर्भाइभर्स सोसाइटीलाई उपचारलाई प्रदान गरे । उनले आफूले प्राप्त गरेको ५१ हजार रुपियाँ सोसाइटीलाई प्रदान गरेका हुन् ।
एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले यस बर्षका अन्तराष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार – २०२३ वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. शाहीलाई प्रदान गरेको थियो ।
क्यान्सर रोगको उपचार र जनचेतनाको क्षेत्रमा पु¥याएको योगदानको कदर गदै डा. शाहीलाई ५१ हजार सहित पुरस्कार प्रदान गरिएको थियो ।
क्यान्सर रोग विशेषज्ञ डा.शाहीले स्तन क्यान्सर रोगको उपचार र जनचेतनामुलक कार्यक्रममा गर्दै आइरहनु भएको छ ।
पछिल्लो पटक उनकै कारणले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्तन क्यान्सरका जटिल बिरामीका लागि निःशुल्क औषधी उपलब्ध गराउने निर्णय गरेको थियो ।

