काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औपचारिक कार्यक्रममा जाँदा पुरानै भाषण दोहोर्याउने गरेका छन् । उनी औपचारिक कार्यक्रममा जाँदा उपलब्धी सुनाउनुभन्दा पुरानै भाषणलाई निरन्तरता दिने गर्छन् । आज सोमबार शहीद गंगालाल राष्ट्रिय केन्द्रको २८ औं वार्षिकोत्सबमा मन्त्री बस्नेतले आफू राज्यमन्त्री हुँदा र अहिलेको जनशक्ति एउटै रहेको बताए । उनी २३ मिनेट बोलेका थिए ।

बस्नेतले दक्ष जनशक्तीको अभाव खड्किन थालेको धेरै भएको बताए । उनले प्राय कार्यक्रममा जनशक्ती अभाव, चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयामा रहेको भनेर भन्ने गरेका छन् ।

मन्त्री बस्नेतले भने, ‘दक्ष जनशक्तीको अभाव खड्किन थालेको धेरै भयो । अब पाँच वर्षपछि नेपालमा डाक्टर र नर्स पाइने अवस्था छैन । यसको कारण शिक्षा, स्वास्थ्य निति हो । त्यसैले मैले यो अस्पताललार्ई प्रतिष्ठान बनाउने प्रकृया अगाडि बढाइसकेको छु ।’

निति निर्माण र कार्यान्वयन गर्ने स्थानमा रहेका मन्त्री बस्नेतले स्वास्थ्यतर्फ जनशक्ती थप्ने भनेर पटक पटक भन्दै आएपनि कार्यान्वयनमा लैजान सकेका छैनन् । मन्त्री बस्नेतले नेपालबाट लाखौं युवाहरु विदेशीएको र खर्वौ रुपैंया बाहिरीएको बताए ।

मन्त्री बस्नेतले भने, ‘चिकित्सा शिक्षा ऐनमा जे राम्रो छ भइहाल्यो । सुधार गर्ने कुरा संसोधन गर्नुपर्छ । सुधारको कुरा गर्दा राजीनामा माग्न थाले । खुट्टा काम्ने बेला छैन । चिकित्सा शिक्षा ऐन संसोधन प्रकृयामा रहेको छ । अब यो कसैले छेक्न सक्दैन । एक सयदेखि तीन सय शैया भएको अस्पताललाई नर्सिङ र पारामेडिक्स तथा तीन सय देखि माथि शैया भएको अस्पताललाई एमबिबिएस अध्यापन गराउन दिने गरि संसोधन प्रकृया अगाडी बढाएका छौँ ।’

केन्द्रका कार्यकारी निर्देशक डा.रवी मल्लले मासिक एक सय असी वटा मुटुको सर्जरि हुने गरेको बताए । डा.मल्लले गत वर्ष एक हजार आठ सय ३८ जनाको मुटुको शल्यकृया भएको बताए । केन्द्रले सर्जको अभावमा बालमुटु शल्य चिकित्सा विभाग गठन हुन नसकेको जानकारी दिए । उनले पूर्वाधार र उपकरण अभावमा आजको भोली अप्रेसन गर्ने अवस्थामा अस्पताल नरहेको गुनासो पोखे ।

 

 प्रकाशित :-  २०८० माघ १५, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय