काठमाडौँ, ११ पुस स् नेपाली कांग्रेसले पार्टीको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको उक्त विभागमा आज थप सदस्य मनोनयन गरेका हुन् ।
सभापति देउवाले डा लक्ष्मीराज पाठक (कैलाली), डा मुक्तिराम श्रेष्ठ (अर्घाखाँची), डा अनिलकुमार झा (सप्तरी), डा सुमन कर्माचार्य (रामेछाप०) डा सुशीलनाथ प्याकुरेल (ललितपुर), श्यामचन्द्र यादव (धनुषा), ईश्वर कार्की (झापा), विष्णुप्रसाद भट्टराई (स्याङ्जा), पुजा फुयाल (सोलुखुम्बु) र वुधिसरा सुनुवार (सुर्खेत)लाई सदस्य पदमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 प्रकाशित :-  २०८१ पौष ११, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय