काठमाडौंँ, ११ पुस ः मङ्कीपक्स सङ्क्रमण भएका विरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।
शुक्रराज टञपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत रहेका तनहुँ घर भएका ३६ बर्षका एक पुरुषको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले जानकारी दिए ।
“शरीरमा आएका फोकाका घाउहरु सुक्दै गएको छ । घाउहरु ६० प्रतिशत निको भइसकेको छ । अहिले नयाँ फोका आएका छैनन,” उनले भने, “औषधिपनि एउटा मात्र दिने गरेका छौ । स्वास्थ्य अवस्था सामान्य जस्तो भइसकेको छ ।”
उनले विरामीमा गम्भिर खालको लक्षण नदेखिएको समेत बताए ।
उनका अनुसार मङ्कीपक्स सङ्क्रमण भएका व्यक्तिलाई कम्तिमा तीन हप्ता आइसोलेसनमा राख्नु पर्ने भएकोले अस्पतालमा राखेर उपचार गरिएको छ ।
साउदी अरवबाट स्वदेश आएका ति विरामीको राष्टिञय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा पुस ५ गते मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि भएको हो । यसभन्दा दुई बर्ष अगाडि नेपालमा एक विदेशीमा मङ्कीपक्स सङ्क्रमणको देखिएको थियो ।

