काठमाडौँ, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएका छन् । उनलाई सामान्य ज्वरो आएको छ ।
ज्वरोको कारण प्रधानमन्त्री ओलीले आज अत्यावश्यकबाहेक अन्य कुनै भेटघाट र कार्यक्रम नराखेको उनको सचिवालयले जनाएको छ ।
उनी अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा आराम गरिरहेका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ।
प्रकाशित :- २०८१ कार्तिक २०, मंगलबार

