काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सङ्घीय संसद्का विभिन्न संसदीय समितिहरूको नेतृत्वका लागि आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ। बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिमा सभापतिका लागि नामहरू प्रस्ताव गर्ने निर्णय गरेको हो।

रास्वपाले स्वास्थ्य र शिक्षा जस्ता जनसरोकारका महत्त्वपूर्ण विषयहरू समेटिएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनलाई अघि सार्ने निर्णय गरेको छ।

सदस्यहरूमा ओजस्वीसहित अच्युत्तम लामिछाने, कामिनी कुमारी, कुसुम महर्जन, खुसबु सरकार श्रेष्ठ, गणेश पौडेल र गुरु प्रसाद बराल रहनुभएको छ। त्यसैगरी, समितिमा माननीय चन्द्रमोहन यादव, जगत प्रसाद जोशी, जगदिश खरेल ललितपुर, झवि लाल डुम्रे, तोसीमा कार्की, पुकार बम, प्रभा ढकाल र प्रमिला कुमारी गच्छदारलाई पनि चयन गरिएको थियो ।

समितिका अन्य सदस्यहरूमा भीम कुमारी बुढा मगर, महाबीर पुन, रबिन महतो, रमेश कुमार मल्ल, राजन गौतम, राधिका रम्तेल, रिगला यादव, डा. लेखजंग थापा, विष्णु बहादुर खड्का, शम्भु कुमार यादव र सीता थपलिया रहनुभएको थियो।

 प्रकाशित :-  २०८३ बैशाख ३, बिहिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय