काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले आफ्नो सेवालाई थप व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन नयाँ प्रविधि अपनाएको छ । काउन्सिलले सेवाग्राहीका गुनासो तथा सुझावहरू संकलन र व्यवस्थापन गर्न क्यूआर कोड प्रणाली सञ्चालनमा ल्याएको हो ।
काउन्सिलद्वारा हालै जारी गरिएको सार्वजनिक सूचना अनुसार, अब सेवाग्राहीहरूले कार्यालयमा भौतिक रूपमा उपस्थित भई वा परम्परागत माध्यमबाट मात्र नभई, डिजिटल माध्यमबाट पनि आफ्ना सल्लाह, सुझाव र गुनासोहरू दर्ता गराउन सक्नेछन् ।
काउन्सिलका रजिष्ट्रार डा. सतिश कुमार देवद्वारा हस्ताक्षरित सो सूचनामा सम्पूर्ण सेवाग्राहीहरूलाई यो प्रविधिको प्रयोग गर्न अनुरोध गरिएको छ । प्राप्त हुने बहुमूल्य सुझाव र गुनासोले भविष्यमा काउन्सिलको कार्यशैली सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
यो सूचना २०८२ साल चैत्र ३० गते सार्वजनिक गरिएको हो ।


