काठमाडौ, १५ कात्तिक ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वको वेला स्वास्थ्यमैत्री खानपान र जीवनशैली आत्मसाथ गर्न अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीेले विज्ञप्ति जारी गदैृ असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिने सक्ने भएकोले स्वास्थ्यमैत्री खानपान र जीवनशैली आत्मसाथ गर्न अनुरोध गरेका हुन् ।
उनले उल्लासपूर्ण वातावरणमा अव्यवस्थित रुपमा पटका पडकाउनाले सामान्य जलनदेखि आगलागी ध्वनी प्रदुषण र वायु प्रदुषणबाट समेत स्वास्थ्य सम्बन्धि समस्या देखिने भएकोले भएकाले सचेत रहन समेत आग्रह गरे ।
स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गरिरहनु भएका दिर्घरोगीले सोको उचित स्वास्थ्य व्यवस्था गरी नियमित औषधि सेवन गर्नुहुन समेत अनुरोध उनले भने ।
मन्त्रालयले सार्वजनिक विदाका दिनमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितकाको साथै आकस्मिक चिकित्सकीय समूह, एम्बुलेन्स सेवा (हटलाइन नम्बर १०२) तयारी अवस्थामा राख्न हुन समेत स्वास्थ्य संस्थालाई अनुरोध गरेको छन् ।
मन्त्रालयले स्वास्थ्य सेवा सम्बन्धि जानकारी आवश्यक भएमा विहान १० देखि वेलुका ५ को सम्म मन्त्रालयको हटलाइन नम्बर १११५ मा २४ सै घण्टा सम्र्पक गर्न समेत मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले अनुरोध गर्नु भएको छ ।

 प्रकाशित :-  २०८१ कार्तिक १६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय