काठमाडौं । तीनकुनेस्थित एप्पल इन्टरनेश्नल स्कुलमा अध्ययनरत विद्यार्थीको आयोजनामा बुधबार विद्यालय प्राङ्गणमा तिहार विशेष तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सो अवसरमा विद्यार्थीहरुले तिहार विशेष नृत्य प्रस्तुत गर्नुका साथै देउसी–भैलो खेलेका थिए ।

विद्यार्थीहरुले देउँसी भैलोमा संस्कृती र परम्परालाई जोगाउनुपर्ने विषयहरु समेटेका थिए । कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरुले गित, नृत्य र साहिरी प्रस्तुत गरेका थिए ।

 

संस्कृति परम्परा, रितिरिवाज र यसले समाजमा खेल्ने भुमिकाको बारेमा जानकारी होस भन्ने उदेश्यले स्वयम् विद्यार्थीहरुले कार्यक्रम आयोजना गरेका हुन् ।

उनीहरुले कुनै प्रयोजनको लागि रकम संकलन गर्ने वा प्रतिस्पर्धाका रूपमा नभई मौलिक र सांस्कृतिक देउसी खेलेका थिए ।

मादल बजाएर भट्टयाउँदै आशीर्वाद दिने देउसीको महत्व छ भन्ने सन्देश दिन विद्यार्थीहरूले मौलिक देउसीको अभ्यास गरेका थिए । यस्तो कार्यक्रमले सामाजिक र सांस्कृतिक रुपमा पारेका सकारात्मक सन्देशका बारेमा जानकारी हुने विद्यालयका प्रधानाध्यापक यमनाथ मैनालीले बताउनुभयो ।

 

आजभोलि विद्यार्थीहरूले मादल, मुजुरा, खैँजडी, मुरली जस्ता मौलिक बाजाको प्रयोग गरेर यदाकदा देउसी खेल्ने गरेको देख्न सकिन्छ । तर बजारमा भने डान्स बार मा बजाइने खालका रिमिक्स गरिएका तथा नेपाल बाहिरका गीत सङ्गीतहरूमा नाच्ने प्रवृत्तिले मौलिक कलालाई खिचिसकेको छ ।

मौलिकताको संरक्षणका लागि विद्यालयहरूले आफ्ना विद्यार्थीहरूलाई पुराना कला र कौसलसँग परिचित हुने मौका दिने हो भने कला संरक्षणमा सहज हुने सरोकारवालाहरू बताउँछन् ।

कार्यक्रमको सहजिकरण विद्यार्थी सौरभ रिजाल र प्रेरणा पलले सञ्चालन गरेका थिए ।

 प्रकाशित :-  २०८१ कार्तिक १४, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय