काठमाडौं । टंक बुढाथोकीको निर्माण तथा निर्देशनमा तयार हुन लागेको फिल्म ‘मन बिनाको धन’को छायाङ्कन भृकुटीमण्डपस्थित पुलीस एकेडेमीमा भएको छ । छिट्टै प्रदर्शनको तयारीमा रहेको फिल्मको छायाङ्कनका क्रममा आज झण्डै १५ विद्यालय उपस्थित भएका थिए । फिल्मको सन्देश ‘गुरु देवो भव’ रहेको छ ।

फिल्मको मुख्य भूमिकामा अशोक दर्जी छन् । दर्जी काठमाडौंस्थित एप्पल इन्टरनेश्नल स्कुलमा कक्षा ९ मा अध्ययनरत छन् । फिल्ममा सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, वुद्धि तामाङ, रमेश विश्वकर्मा, रविन्द्र झा, उत्सव सापकोटा, एआर वुढाथोकी लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

 

गत फागुन २ गते कोटेश्वर महादेव मन्दिरमा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको थियो ।

टंक वुढाथोकीको कथा रहेको फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद छ । जीपी संग्रौला, लक्ष्मी गिरी, विवेक नेपाल, विजया पाण्डे सह–निर्माता रहेको फिल्ममा मिनु शर्मा कार्यकारी निर्माताको रुपमा छिन् ।
यो फिल्ममा टंकको संगीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, नवराज शर्माको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म छिट्टै प्रदर्शनमा आउनेछ ।

 प्रकाशित :-  २०८२ जेष्ठ २२, बुधबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय