काठमाडौँ, । वीर अस्पतालको सहायक निर्देशकको जिम्मेवारी डा. विकास केसी र डा. समाज गौतम दिइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहेका डा.केसी र डा.गौतमलाई नयाँ पद सिर्जना गर्दै सहायक निर्देशक जिम्मेवारी दिइएको हो ।
अस्पतालमा उपनिर्देशकको पद हुँदा हुँदै नयाँ पद सहायक निर्देशक सिजर्ना गरिएको हो । अस्पतालका निर्देशकमा डा.सन्तोष पौडेल रहेका छन् ।
प्रकाशित :- २०८० माघ १२, शुक्रबार

