काठमाडौँ, । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक पदमा डा मल्ललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि उनी केन्द्रको निमित्त निर्देशकमा नियुक्त गरेका थिए। चन्द्रमणि अधिकारीको चार बर्षे कार्यकाल सकिएपछि डा. मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिइएको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालयको अस्पताल विकास समितिको अध्यक्ष पदमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
प्रकाशित :- २०८० माघ ४, बिहिबार

