काठमाडौं। धरान उपमहानगरका प्रमुख हर्कराज राईले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्राडा. प्रल्हाद कार्कीलाई कारवाही गर्न माग गरेका छन् ।
आज मन्त्री बस्नेतलाई पत्र लेख्दै नगरप्रमुख राईले कामु उपकुलपति प्राडा कार्कीलाई मुक्त गरि मन्त्री बस्नेतलाई आफ्नो जिम्मेवारी समालि प्रतिष्ठानलाई निकास दिन अनुरोध गरेका छन् ।
राईले प्राडा कार्कीमाथि प्रतिष्ठानको कार्यकारी समितिको बैठक राख्न नसकेको, शिक्षक, कार्मचारी, चिकित्सकको माग सम्वोधन गर्नु पर्नेमा लुखिछिपी भागेको आफू नहुँदाको अवस्थामा प्रतिष्ठानको अख्तियारी पाएका कामु उपकुलपतिको सम्पूर्ण अधिकार फिर्ता लिएको, प्रतिष्ठानका ११ जना विभागीय प्रमुखलाई जिम्मेवारीबाट हटाएको जस्ता अराजक गतिविधि गर्दै आएको आरोप लगाएका छन् ।
यस्तै प्रतिष्ठानमा दिनहुँ आन्दोलन भई स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा ओपिडि बन्द भई उपचारमा प्रभावित भएको, पठनपाटन र परीक्षा समेत ठप्प भएको आरोप राईको रहेको छ ।
नगरप्रमुख राईले उपकुलपति प्राडा कार्कीको कार्यकक्षमा केही दिन अघिमात्र तालावन्दी गरेका थिए।

 

 प्रकाशित :-  २०८० माघ २, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय