काठमाडौँ, : माघदेखि स्वास्थ्य बीमा बोर्डले विमा कार्यक्रम अन्तर्गत उपचार गर्ने विमितले उपचार खर्चवापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नेुपर्ने हुन्छ ।
बोर्डले माघदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत स्वास्थ्य सेवा उपभोग गरे वापत लाग्ने खर्चको १० प्रतिशत रकम विमित विरामीले आफैले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बर्सौलाले जानकारी दिए ।
यसअघि बोर्डमा आवद्ध भएकाले कुनै पनि विमितले उपचार गरेवापत खर्च तिर्नुपदैनथ्यो । पाँच जना परिवार सम्म सदस्य भएका परिवारले बार्षिक तीन हजार ५०० रुपियाँको योगदान रकम तिरी एक लाख रुपियाँसम्मको सुविधा लिन सक्ने व्यवस्था रहेको छ ।
उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई निरुत्साहित गर्नका लागि परीक्षणका रुपमा सहभुक्तानी प्रणाली लागु गरिएको बताए । “विमितहरुले अनावश्यक रुपमा चिकित्सकलाई दवाव दिएर स्वास्थ्य परीक्षण गराउन थाले ” उनले भने “त्यसलाई निरुत्साहित गर्नका लागि आवश्यक मात्र स्वास्थ्य परीक्षण गराउन भनेर विरामीलाई १० प्रतिशत तिराउने निर्णय गरेका हौ ।”
उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र र २५ शैय्या सम्मका अस्पतालमा गरिएको स्वास्थ्य उपचारमा भने विमितले १० प्रतिशत रकम तिर्न नपर्ने छ ।
सहभुक्तनी प्रणाली संघीय अस्पताल, २५ शैय्याभन्दा माथिका प्रदेश र प्रादेशिक अस्पताल, र सवै नीजि तथा सामुदायिक अस्पतालमा लागु हुने छ ।
अहिलेसम्म कुल ७४ लाख ६६ हजार सात जना बीमा आवद्ध रहेको र तिमध्ये ३४ लाख ७६ हजार ७७८ जनाले बीमा कार्यक्रम मार्फत स्वास्थ्य सेवा लिएको बोर्डका सूचना अधिकारी ओमकुमारी कडेलले जानकारी दिइन् ।
उनका अनुसार अहिले सक्रिय विमित ४८ लाख ५९ हजार ५१५ जना रहेका छन् ।
यस्तै अति गरिव, ७० बर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त, एचआइभी सङ्क्रमित, जटिल क्षयरोगी, कुष्ठरोगी र महिला स्वास्थ्य स्वयसेविकालाई भने सहभुक्तानी प्रणाली (१० प्रतिशत रकम तिनुपर्ने) लागु नगरिने कार्यविधिमा उल्लेख गरिएको छ ।

 

 

 प्रकाशित :-  २०८० माघ २, मंगलबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय