काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सोमबार मन्त्रीस्तरीय निर्णयबाट डा.थापालाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् । यस अघि व्यवस्थापन महाशाखाको नेतृत्व डा.सर्वेश शर्माले सम्हालेका थिए ।

शर्मालाई वीर अस्पताल पठाइएको छ । मन्त्री बस्नेतले आफु अनुकुल काम गर्न सहज होस् भनेर डा.थापालाई व्यवस्थापन महाशाखामा ल्याएका हुन् । स्वास्थ्यजन्य उपकरण खरीदसंग जोडिएको यो महाशाखामा मन्त्रीहरुको नजर पर्ने गर्छ ।

 प्रकाशित :-  २०८० पौष २३, सोमबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय