कााठमाडौ, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको खरिद प्रक्रियालाई थप व्यवस्थित गर्न निर्देशन दिएका छन् ।
आज स्वास्थ्य सेवा विभागबाट सम्पादन भएका कार्यक्रमहरुको प्रगति तथा समस्याबारे छलफल कार्यक्रममा मातहतका कार्मचारीलाई उनले गुणस्तरीय स्वास्थ्य सामग्री, मूल्य सार्थकता प्रतिस्पर्धा र पारदर्शिता कायम हुने गरि अनुरुप खरिद कार्य गर्न निर्देशन दिएका हुन् ।
उ
नले हरेक स्थानीय तहमा निर्माण सम्पन्न भएका ५,१० र १५ शैयाका अस्पतालहरु संचालनको लागि छात्रवृत्ति करारका जनशक्ति परिचालन तथा खरिद भएका औजार उपकरणहरुको समुचित वितरण गर्न पनि निर्देशन दिए ।
मन्त्री पौडेलले आगामी माघ २२ वाट संचालन हुने एचपिभि खोप अभियानलाई थप व्यवस्थित गर्न तथा राष्ट्रिय स्वास्थ्य सुचना तथा संचार केन्द्रबाट प्रचार प्रसार एवं जनचेतनाको लागि प्रभावकारी रुपमा संचालन गर्न पनि निर्देशन दिए ।
कार्यक्रममा सचिवद्धय डा.रोशन पोख्रेल, हरिप्रसाद मैनालीले स्वास्थ्य सेवा विभागबाट सम्पादन हुने मुख्य मुख्य कार्यक्रमको प्रगति र समस्याबारे छलफल गरि निर्देशन दिए ।
कार्यक्रममा महाशाखा प्रमुख, शाखा प्रमुख लगायतका सम्वन्धित कर्मचारीहरुले महाशाखा र शाखाको मुख्य मुख्य कार्यक्रमको प्रगतिको साथै चुनौतीबारे जानकारी एवं प्रस्तुतिकरण गरिएको थियो ।

