काठमाडौं, २० पुस । आँखा विशेषज्ञता अन्तर्गतको भिट्रियो रेटिना अर्थात आँखाको पर्दाको उपचारमा संलग्न चिकित्सकहरुको संस्था नेपाल भिट्रियो रेटिना सोसाइटीको सम्मेलन राजधानीमा सम्पन्न भएको छ ।

सोसाइटीले आयोजना गरेको आठौं सम्मेलनमा देश र विदेशका गरि १ सय ३५ जना विशेषज्ञहरु सहभागी भएको सोसाइटीका महासचिव डा। प्रताप कार्कीले जानकारी दिए । डा. कार्कीका अनुसार सम्मेलनमा आँखाको पर्दामा हुने समस्या र त्यसको उपचारमा अपनाइएका नयाँ नयाँ प्रविधि र पद्धतिका बारेमा दुई दिनसम्म छलफल भएको छ ।

छलफलका लागि विदेशबाट २१ जना विशेषज्ञ नेपाल आएका थिए भने देशभित्रका ४० जनाभन्दा बढि विशेषज्ञले विभिन्न कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनका क्रममा नेपाल बाहेक भारत, बंगलादेश, फिलिपिन्स, ताइवान, सिंगापुर, बेलायत लगायत विभिन्न देशका भिट्रियो रेटिना विशेषज्ञहरु सहभागी भए । उनीहरुले भिट्रियो रेटिनाको उपचारमा अपनाइरहेका विधिहरुका बारेमा नेपाली चिकित्सकसँग अनुभव साँटासाट गरे भने नेपाली चिकित्सकहरुले पनि विभिन्न कार्यपत्र र अनुभव साटासाट गरेका छन् ।

नेपालमा पहिले आँखाका समस्या भन्ने बित्तिकै पहिले मोतिबिन्दु र जलबिन्दुमात्र भन्ने गरिएपनि पछिल्लो समय आँखाको पर्दामा हुने समस्याहरु पनि उल्लेख्य रुपमा बढेका बेलामा यस्ता वैज्ञानिक छलफल यसको उपचारमा संलग्न चिकित्सकहरुलाई सिकाइको अवसर भएको सोसाइटीका अध्यक्ष डा. सन्यम वजिमयले बताए ।

अध्यक्षमा पुनः डा. बजिमय

सोसाइटीको वार्षिक साधारण सभालेआगामी दुईवर्षका लागि पुनः डा.  वजिमय सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा, डा. रवा थापा, डा.संजिता शर्मा कोषाध्यक्षमा र सहकोषाध्यक्षमा डा. गुञ्जन प्रसाईं चयन भएका छन् । त्यस्तै महासचिवका लागि अर्को कार्यकालमा पुनः डा.प्रताप कार्की र सहसचिवमा डा। ललित अग्रवाल निर्वाचित हुँदा सदस्यहरुमा क्रमशः डा. लिली राजवंशी, डा. पुरुषोत्तम जोशी, डा. किरण शाक्य, डा. नितीन कुशियार र डा.सुवास पोखरेल निर्वाचित भएका छन् ।

सोसाइटीले नेपालमा रहेका आँखाको पर्दामा विशेषज्ञता हासिल गरेका चिकित्सकहरुको सामुहिक हितका लागि पेशागत र नीतिगत पैरवी गर्छ भने यस क्षेत्रमा विकास भएका नयाँ प्रविधि र पद्धतिका बारेमा विभिन्न कार्यहरु गर्दै आएको छ । आँखा विशेषज्ञहरुको छाता संस्था नेपाल अप्थाल्मिक सोसाइटी अन्तर्गत नेपाल भिट्रियो रेटिना सोआँखाका विभिन्न सात वटा सुपरस्पेश्यालिटी समाजहरु रहेका छन् ।

 प्रकाशित :-  २०८१ पौष २०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय