काठमाडौँ, २० पुस । इन्दिरा आइभीएफ नेपाल सेन्टरले पहिलो बार्षिकोत्सव मनाएको छ । आज यहाँ आयोजित कार्यक्रममा सेन्टरले बार्षिकोत्सव मनाएको हो ।

प्रतिनिधि सभा सांसद कल्पना मिया कुसारीले निसन्तान दम्पत्तीका लागि आईभीएफ सेन्टर बरदान भईरहेको बताइन् । उनले आइभीएफ तथा समग्र स्वास्थ्यका विषयमा जनताको आवाज राज्यसमक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दै समस्या भएमा आफूलाई भन्न समेत आग्रह गरिन ।

इन्दिरा आईभीएफका संस्थापक डा अजय मुर्दिया मुर्दियाले भारत र नेपालमा गरी कुल १६० वटा बढी आइभीएफ तथा फर्टिलिटी सेन्टर रहेको र ती सेन्टरबाट अहिलेसम्म १ लाख ५० हजार बढीले सन्तान प्राप्ति गरेको बताए । उनले भारतका विभिन्न राज्यपछि पहिलो सेन्टर नेपालमा खुलेको र यो सेन्टरले उत्कृष्ठ सेवा दिन सफल भएको बताए ।

इन्दिरा आईभीएफ नेपालकी प्रमुख डा। नेहा होमगाईले औषत रुपमा ७७ प्रतिशत बढी सफलता मिलेको बताईन । उनले नेपालमा मात्र नभई विदेशबाट पनि आइभीएफको लागि मानिसहरु आउने गरेको बताइन् । उनले दुई हजारभन्दा बढी दम्पतीलाई सेवा प्रदान गरेको बताइन् ।

 प्रकाशित :-  २०८१ पौष २०, शनिबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय