काठमाडौँ ७ पुस। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा कार्यरत एक जना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
आयोगले अस्पतालको जुनियर असिस्टेन्ट मनसुन नेपालले  बढुवाका लागि नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर दायर गरेको हाे ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार नेपालले विद्यालय तहको नक्कली शैक्षिक प्रमाण पत्र पेस गरी बढुवा भएको भन्ने उजुरीका आधारमा छानबिन गरिएको थियो ।

छानबिनका क्रममा नेपालले क्यान्सर अस्पतालमा जुनियर असिस्टेन्ट पदमा बढुवा हुनका लागि एसएलसीको लब्धाङ्‍कपत्र र परोपकार आदर्श माध्यमिक विद्यालय काठमाडौंको नामको चारित्रिक प्रमाणपत्र नक्कली पेस गरेको पाइएको घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परोपकार आदर्श माध्यमिक विद्यालय, काठमाडौंको नाम उल्लेख गरिएको झुट्टा र नक्कली चारित्रिक प्रमाण पत्र पेश गरी जुनियर असिस्टेन्ट पदको सेवा, सुविधा र लाभ उपभोग गरेको पुष्टि भएको देखिएकोबाट निज मनसुन नेपालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको प्रवक्ता घिमिरे जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 प्रकाशित :-  २०८१ पौष ७, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय