काठमाडौँ, । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदर बसौलाले पुर्नवहाली गरेका छन् ।
सर्वोच्च अदालतले निलम्बन गर्ने सरकारको निर्णय तत्काल कार्यन्वयन नगराउन भनेपछि उनी आजबाट पुन कार्यालयको नियमित काममा फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनवहादुर बस्नेतले गत २६ असोजमा विभिन्न आरोप लगाउँदै उनलाई तीन महिना निलम्बन गरेका थिए । त्यसपछि मन्त्रालयका
सहसचिव डा. मदन उपाध्यायलाई निमित्त कार्यकारी निर्देशकको जिम्मा मन्त्री बस्नेतले दिएका थिए ।
यसअघि वीर अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेललाई पनि तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको थियो ।

