काठमाडौँ, । नेपाल औषधी उत्पादक सङ्घले नेपाली औषधीको प्रवद्र्धन र अन्तर्रािष्ट्रिय बजारमा चिनाउनका लागि ‘नवौ नेपाल फर्मा एक्स्पो’को आयोजना गर्न थालेको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनका सङ्घका अध्यक्ष महेश प्रधानले नेपाल औषधीको उत्पादनको बजारिकरण गर्न र अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका लागि एक्स्पो आयोजना गर्न थालिएको जानकारी दिए ।
उनले एक्स्पोमा नेपाली औषधी कम्पनीले भित्र्याएको प्रविधिबारे पनि जानकारी गराइने बताए । उनले नेपाली औषधी उत्पादन अमेरिका, जापान, चीन र भारतले उत्पादन गर्ने प्रविधि अवलम्बन गरेको बताए ।
उनले नेपाली उद्योग उत्पादन गरेका ५० प्रतिशत औषधीले नेपाली बजार धानेको बताए ।
एक्स्पो चितवनमा आगामी फागुन २५ देखि २७ गतेसम्म हुने छ ।
एक्स्पो संयोजक प्रभात रुङ्गाटाले औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइने बताए । एक्स्पोमा नेपालमा उत्पादन भएका औषधीलाई निर्यात गर्नका लागि सेमिनार समेत आयोजना गरिने उनले बताए । उनले विदेशी युवालाई लक्षित गरेर ‘करियर मिट’ समेत एक्स्पोमा आयोजना गरिएको बताए ।
एक्स्पोमा नेपाली औषधी उत्पादन गर्ने प्रविधिबारे समेत जानकारी लिनका लागि कम्वोडिया, जर्जियाबाट मानिसहरु आउने उनले बताए ।
एक्स्पोमा चीन, भारत, सिङ्गापुर, वंङ्गलादेशका एक्स्पोमा १५० भन्दा बढी स्टल रहनेछन् ।
सङ्घका पूर्व अध्यक्ष जी नारायण क्षेत्री, शङ्कर घिमिरेले हिजोको तुलनामा नेपाली औषधी उत्पादनले फड्को मारेको भन्दै अन्तराष्ट्रिय स्तरको प्रविधिबाट नेपाली औषधी उत्पादन भइरहेको बताए ।
प्रत्येक दुई÷दुई बर्षमा हुने एक्स्पोमा यसबर्ष ३० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने लक्ष्य लिइएको छ ।

 प्रकाशित :-  २०८० पौष ६, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय