काठमाडौ, १५ कात्तिक ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने भएको छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरिय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिने निर्णय गरेका छन् ।
नेपाल विद्युत प्राधिकरण विद्युत महशुल संकलन विनियमावली २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महशुल छुटको व्यवस्था अनुसार उनले उक्त निर्णय गरेका हुन् ।
आजै मन्त्रालयले सवै सरकारी अस्पतालमा समयमै महशुल भुक्तान गरेर छुट सुविधा लिन मातहतका संस्थाहरुमा पत्राचार गरेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीेले जानकारी दिए ।
उनले समयमै महशुल भुक्तानी नहुँदा एकातिर लाइन काटिनेसम्मको समस्या हुने र जरिवानासमेत उच्च हुने तर २० दिनभित्रै भुक्तानी हुँदा ठूलो रकम बचत हुने भए पछि यस व्यवस्था मिलाउन निर्णय गरिएको बताउनुभयो ।

