काठमाडौँ, १८ असोज । देशभरि डेङ्गीका विरामीको सङ्ख्या १४ हजार भन्दा बढी नाधेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहाल अनुसार १४ हजार ९७५ जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ । उनले केही दिन अघि पानी परेको कारणले डेङ्गी सङ्क्रमणको बढेको बताए ।
डेङ्गी रोगको सङ्क्रमण हुम्ला वाहेक सवै जिल्लामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ ।
यस्तै डेङ्गी रोगको सङ्क्रमणको कारणले अहिलेसम्म सात जनाको निधन भइसकेको छ ।
पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ति फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।

गण्डकी प्रदेशमा सवभन्दा बढी

डेङ्गी सवभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा ६ हजार ९२० देखिएको छ ।
कोशी प्रदेशमा एक हजार ३२९ जना, मधेशमा २८६ जना, वागमतीमा चार ४८९ जना, लुम्बिनी ९९५ जना,कर्णालीमा २२० जना र सुदूरपश्चिम प्रदेशमा ७३६ जना सङ्क्रमण देखिएको छन् ।
उपत्यकामा दुई हजारभन्दा बढी
उपत्यकामा डेङ्गी सङ्क्रमण दुई हजार ६९८ जनामा देखिएको छ ।
काठमाडौँ जिल्लामा एक हजार ९८६ भक्तपुर २२३ र ललितपुर ४८९ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।
बर्षाको वेला पानीका सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकोले डेङ्गुको सङ्क्रमण बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गी रोगको सङ्क्रमण बढेपछि हरेक शुक्रबार सरकारी तगा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाई गर्नुको साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सचालन गर्न आग्रह गरेको छ ।

 प्रकाशित :-  २०८१ आश्विन १८, शुक्रबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय