काठमाडौं, । दाँतउपचार र चिकित्साशिक्षाको क्षेत्रको अग्रणी संस्था कान्तिपुर डेन्टल कलेज एण्ड टिचिङ्ग हस्पिटल १७औं वर्षमा प्रवेश गरेको छ ।

सन् २००७, १६ डिसेम्बरका दिन सुरु भएको कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर
काठमाडौं विश्वविद्यालयद्धारा सम्वन्धनप्राप्त र नेपाल मेडिकल काउन्सिल तथा चिकित्सा शिक्षा आयोगको स्वीकृतिमा संचालित रहेको छ ।

मुख तथा दन्त स्वास्थ्यको समस्या आज प्रत्येक नेपालीहरुमा विद्यमान छ । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनअनुसार संसारमा सबैभन्दा बढी समस्या मुख स्वास्थ्यको रहेको छ साथै यो समस्याको उपचार विश्वमा चौथो महङ्गो उपचारको रुपमा समेत रहेको छ ।

नेपालीहरुमा ३५ देखी ४४ वर्षको उमेरमा नै पाइरियाको कारणले गर्दा दाँतझर्ने जस्ता समस्या देखिएको छ । यसका साथै दाँतमा किरा लाग्ने, गिजाको रोग तथा मुखको क्यान्सर जस्ता समस्याहरुबाट पनि पिडित छन् ।
मुख तथा दन्त स्वास्थ्य राम्रो नभएमा मुटुको रोग , मधुमेह जस्ता रोग लाग्नुका साथै गर्भवती महिलाले मुख तथा दन्त स्वास्थ्यलाई ध्यान नदिए कम तौलको बच्चा जन्म दिने तथा समय भन्दा अगावै बच्चा जन्माउने समेतको समस्या देखा पर्दछ । त्यसैले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अनिवार्य रुपमा मुख तथा दन्त स्वास्थ्यको पनि जाँच गराउनुपर्दछ । यी विभिन्न समस्याहरुबाट देशको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने प्रष्ट छ ।

नेपालमा अझै पनि करिव ८० प्रतिशत मानिसहरुले दन्त उपचार सेवा पाउन सकेका छैनन् । अधिकांश ग्रामिण भेगका जनताहरु उपचार नपाउनाले दाँत किराले खाने, गिजाको रोग (दन्तहर्षा तथा पाइरिया), बाँङ्गो टिङ्गो दाँत भएको, मुखमा घाउ खटिरा आउने, समय नपुग्दै दाँत झर्ने, मुखको क्यान्सर, ट्यूमर, सिस्ट तथा अन्य समस्याहरुबाट पिडित छन् ।
यस्ता समस्याहरुबाट बच्नको लागि दिनको दुई पटक फ्लोराइडयुक्त मञ्जनले ब्रस गर्ने, ६–६ महिनामा दन्तचिकित्सकको कहाँ गएर दन्त परीक्षण गराउनुका साथै सामान्य अवस्थामा नै रोगको उपचार गराउनु पर्दछ । यसका साथै दन्त स्वास्थ्य उपचारमा पहुँच नरहेको र निम्न आयश्रोत भएका ग्रामिण भेगका जनताहरुलाई निकै खर्चिलो मानिने यस उपचारलाई “Prevention is better than cure” को अवधारणा अन्तर्गत ग्रामिण भेगमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नु आवश्यक छ ।

हाल नेपालमा करिब ४ हजार ४ सय जना दन्त चिकित्सकहरु नेपाल मेडिकल काउन्सिलमा दर्ता भएपनि करिव ६० प्रतिशत मात्र नेपालमा कार्यरत रहेका छन् । त्यस्तै करिव १ हजार ७ सयजना डेन्टल हाइजेनिष्टहरु रहेका छन् । जसबाट करिव तीन करोड नेपालीहरुलाई सेवा पु¥याउन गाह्रो भएको अवस्था छ । यी विभिन्न कुराहरुलाई मध्यनजर गर्दै नेपाल सरकारले दन्त चिकित्सकहरुको दरबन्दी सृजना गरी कम्तिमा प्राथमिक स्वास्थ्य केन्द्रमा दन्तचिकित्सकहरु पु¥याउनुपर्ने तथा नेपालका सबै हेल्थ पोष्टसम्म डेन्टल हाइजेनिष्टहरु पु¥याउन सके मुख तथा दन्त स्वास्थ्य सम्बन्धि सचेतना अभिबृद्धि, रोगहरुको रोकथाम तथा रोग लागीहाले उपचार गर्न सकिने अवस्थाको सृजना गरी नेपाली जनताहरुको Life span / quality of life मा बृद्धि गर्न सकिन्थ्यो ।

स्थापनाकालदेखि यस शिक्षण अस्पतालले दश लाखभन्दा बढी दन्त स्वास्थ्य बिरामीहरुमा सेवा पु¥याउनुको साथै ब्यचलर ईन डेन्टल सर्जरी ९द्यम्क्० तर्पm ४ सय ६६ जना र मास्टर इन डेन्टल सर्जरी २८ बिषेशज्ञहरु उत्पादन गरि सकेको छ ।

त्यसैगरि प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषदको सम्वन्धनमा २०६९ साल देखि संचालित सर्टिफिकेट इन डेन्टल साइन्स तर्पm ६ सय ७५ जना र डिप्लोमा ईन फार्मेसी तर्पm २ सय ५९. जना प्रबिधिकहरु उत्पादनगरिसकेको छ ।

कलेजले आफ्नो शैक्षिक कार्यक्रम तर्फ यसै शैक्षिक वर्ष देखि काठमाण्डौं विश्वविद्यालयको सम्वन्धनमा चार वर्षे बी.एस्सी इन ल्यावोरेटरी मेडिसिन (बीएस्सी–ल्याब.मेड.) पनि सुरु गरेको अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले जानकारी दिए ।

२०७० साल अश्विन महिना देखि १ सय शैयाको जनरल हस्पिटल समेत शुरु गरिएको यस कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल तथा रिसर्च सेन्टरमा KDC – Oral & Maxillofacial Trauma Center, Oral Health Center for Special Needs tyfDental Implant Center समेत संचालनमा रहेको छ ।

बढ्दै गईरहेको सडक दुर्घटना, लडेर हुने दुर्घटना, खेलकुद दुर्घटना, घरेलु हिंसा, तथा खुँडेपनको अत्याधुनिक उपचारको केन्द्रको रुपमा यस अस्पतालमा नेपालमै पहिलो Oral & Maxillofacial Trauma Center को सुरुवात तथा आधुनिक प्रसाधनको रुपमा लिईने Dental Implant बाट स्वस्थ प्राकृतिक दाँत जस्तै दाँत रोप्ने प्रबिधिको केन्द्रको रुपमा म्भलतब िक्ष्mउबिलत ऋभलतभच को सेवा संचालनमा रहेकोे छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले हालै मात्र आँखा उपचारमा पनि पाइला चालेको छ । कलेजको प्रांगणमा यसैवर्षदेखि बी एम फाउण्डेशन र ताइवानको ताइवान ब्लाइन्डनेस फाउण्डेशनको सहकार्यमा केडिसी आई सेन्टर पनि सुरु गरेको छ ।

जनताको मुख स्वास्थ्यमा सुधार ल्याउनको लािग यस कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले मुलुकका ६५ भन्दा वढी जिल्लाहरुमा पुगी मुख तथा दन्त स्वास्थ्य सम्वन्धी जानकारी गराउनुका साथै देशका विभिन्न ठाउँहरुमा पुगेर निःशुल्क मुख तथा दन्त स्वास्थ्य शिविर, विद्यालय दन्त स्वास्थ्य शिक्षा कार्यक्रम, महिला स्वास्थ्य स्वयंंसेविका, शिक्षक, सांसद, मातृ शिशु कार्यकर्ता तथा हेल्थपोष्ट प्रमुखहरुलाई मुख तथा दन्त स्वास्थ्यअभिमुखिकरण तालिम समेत सञ्चालन गर्दै आएको छ ।

कान्तिपुर डेन्टल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको आयोजनामा काठमाडौं उपत्यकाका एक वर्ष भित्र १ लाख स्कुले बच्चाको दन्त परीक्षण गर्ने गिभ अ स्माइल नामक परियोजना पनि संचालन गरिरहेको अस्पतालका अध्यक्ष डा. श्रेष्ठले जानकारी दिए ।

साथै सेन्टरले वार्षिकोत्सवका अवसरमा सेवाको १५ वर्ष सेवा अवधि पुगेका १२ जना र १० वर्ष सेवा अवधि पुगेका २५ जना कर्मचारीलाई सम्मान गरिएको छ ।

 प्रकाशित :-  २०८० पौष १, आईतबार
Nepali theme gif

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय